बागमती नदीको पुल निर्माण गर्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र
रौतहट । हुलाकी राजमार्ग अन्तर्गत रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीको अधुरो पुल तत्काल निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।
वर्षौंदेखि अलपत्र रहेको पुलको निर्माणकार्य तत्काल सम्पन्न गराउन स्थानीयहरुले सदरमुकाम गौरमा दबाबमुलक प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय मार्फत भौतिक पूर्वाधार तथा यात्रायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
१३ वर्ष अघि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त पुल हालसम्म अलपत्र अवस्थामा छ । समयमा पुल निर्माण नहुँदा स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनिरहेको छ ।
दुर्गा भगवती–५ का वडाध्यक्ष धर्मनाथ जयसवालको नेतृत्वमा सयौं स्थानीय बासिन्दाले अविलम्ब पुल निर्माणको वातावरण बनाउन नेपाल सरकारसँग माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । गत वर्ष पप्पु निर्माण सेवालाई कालोसूचीमा राख्दै पुरानो टेण्डर खारेज गरिएको थियो । नयाँ टेण्डर आह्वानपछि वाइपी महालक्ष्मी विकास जेभीले उक्त पुल निर्माणको जिम्मा पाएको छ ।
तर अहिलेसम्म निर्माण कार्य अघि नबढेको भन्दै आन्दोलन गर्न बाध्य हुनु परेको वडा अध्यक्ष जैसवालले बताए । उक्त पुलको निर्माण कार्य तत्काल सुरु नभए चरणवद्ध आन्दोलन गर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण