विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – बेन स्टोक्स (इङ्ल्यान्ड)

काठमाडौँ । इङ्ल्यान्डका अलराउन्डर खेलाडी हुन्, बेन स्टोक्स । सन् २०१९ मा इङ्ल्यान्डलाई पहिलो पटक एकदिवसीय विश्वकपको उपाधि चुमाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यो विश्वकपको फाइनलमा न्युजिल्यान्डविरुद्ध पनि उनले अविजित ८४ रन बनाएका थिए ।
मध्यक्रममा क्रिज समाल्न आउने ३२ वर्षीय स्टोक्सको ब्याटिङ जति आक्रामक छ बलिङ पनि उत्तिकै धारिलो । उनी इङ्ल्यान्डको वर्तमान टोलीका अनुभवी खेलाडीमध्ये एक हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
स्टोक्सले हालसम्म इङ्ल्यान्डका लागि एक सय आठवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ४०.५० को औसतमा कुल तीन हजार एक सय ५९ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनले चार शतक र २२ वटा अर्धशतक पनि बनाएका छन् ।
एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ८२ रन हो । एकदिवसीय क्रिकेटमा उनले ७४ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ६१ रन दिएर पाँच विकेट हो । उनले देशका लागि ९७ टेस्ट खेल्दै ६ हजार एक सय १७ रन बनाएका छन् ।
टेस्ट क्रिकेटमा उनले १३ शतक र ३० वटा अर्धशतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन दुई सय ५८ रन हो । टेस्ट क्रिकेटमा उनले हालसम्म एक सय ९७ वटा विकेट पनि लिइसकेका छन् ।
यसका अतिरिक्त उनले इङ्ल्यान्डका लागि ४३ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै पाँच सय ८५ रन बनाएका छन् । टी—२० ढाँचाको क्रिकेटमा पनि उनले २६ विकेट लिएका छन् । गत वर्ष इङ्ल्यान्डलाई टी—२० विश्वकपको उपाधि दिलाउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैले जारी विश्वकपमा पनि उनलाई इङ्ल्यान्डले आफ्नो महत्त्वपूर्ण हतियारको रूपमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन
-
समाजवादी महिला संघ नेपालको अध्यक्षमा निर्मला यादव निर्वाचित
-
फ्रिजमा राख्नै हुन्न यी खानेकुरा