विद्युत सवस्टेशनबारे आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग
बिहीबार, १८ असोज २०८०, १४ : ०५
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा बन्न लागेको अपर तामाकोशीको विद्युत प्रशारण लाइन सवस्टेशनको सन्र्दभमा करिब १७ सय रोपनी स्थानीयवासीको जग्गा रोक्का रहेको बताइन् ।
उनले मानव वस्ती बीचबाट प्रशारण लाइन लैजाँदा त्यहाँका जनताले असुरक्षाको महशुस गरेको जानकारी गराइन । लामो समयदेखि स्थानीयहरु मानव बस्तीबाहिर प्रशारण लाइन लैजान माग गर्दै आन्दोलित रहेको बताउँदै सांसद गौतमले त्यसबारेमा स्थानीयबासी प्रतिनिधिसँग सरकारले बार्ता गरी समाधान गर्नका लागि माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण