बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

भिभो भी२९ फाइभजीसार्वजनिक, कति पर्छ मूल्य ?

बिहीबार, १८ असोज २०८०, १७ : ५०
बिहीबार, १८ असोज २०८०

काठमाडौँ ।  स्मार्टफोन भी२९ फाइभजी सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको द मल्ल होटलमा एक कार्यक्रमको आयोजना गर्दै चर्चित कलाकारहरु, विभिन्न मिडियाका सञ्चारकर्मीहरु, भिभोका पदाधिकारीहरु तथा विशेष अतिथिहरुको उपस्थितिमा नयाँ स्मार्टफोन भव्यताको साथ लन्च गरिएको छ । 

भी२९ फाइभजीको सबैभन्दा उत्कृष्ट विशेषतामध्ये १२०हर्ज थ्री डी कर्भ स्क्रिन एक आकर्षक विशेषता हो जसले स्मार्टफोन बजारमा स्लिम स्मार्टफोनको नयाँ मापदण्ड कायम गरेको छ । यो स्मार्टफोनमा औरा लाइट पोट्र्रेट, ५० एमपी अटोफोकस ग्रुप सेल्फी लगायतका विशेषताहरु समावेश छन् । जसले  फोटोग्राफी क्षमतालाई वृद्धि गर्दछ । 

नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका जनरल म्यानेजर माइकलले भिभो सदैव अनुसन्धान र नवीनतालाई प्राथमिकतामा राखेर ग्राहकहरुलाई आकर्षक विशेषताका स्मार्टफोन प्रदान गर्न प्रतिबद्ध रहेको व्यक्त गरे ।  यो फोन ५९ हजार ९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

नयाँ स्मार्टफोन सार्वजनिकसँगै भिभोले चाडपर्वको समयलाई अझ विशेष बनाउँन आफ्ना ग्राहकहरुका लागि अक्टोबर ५ देखि नोभेम्बर २१ सम्म आकर्षक दशैं अफर ल्याएको छ ।

अफर अन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ भिभो भी२९ फाइभजी जित्न सक्नेछन् भने ग्राण्ड पुरस्कार अन्तर्गत एक जना विजेताले रोयल इनफिल्ड बाइक जित्ने मौका पाउनेछन् । यसको साथै, भिभोले तीन भाग्यशाली विजेताहरूका लागि बाई–वान–गेट–वन अफर पनि ल्याएको छ । ६०० देखि १००० ग्राहकहरुले ब्लुटुथ स्पिकर प्राप्त गर्ने छन्, ३,००० देखि ५,००० ग्राहकहरुले भिभोको स्टाइलिश ब्याग, ५००० – ८००० ग्राहकहरुले भिभोको बोतल तथा १०००० – १५००० ग्राहकहरुले रिचार्ज कार्ड प्राप्त गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप