विश्वकप क्रिकेटको पहिलो म्याच खेल्नुअघि नै भारतलाई झट्का, शुभमन गिललाई डेंगु संक्रमण
काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटको पहिलो म्याच खेल्नु अघि नै भारतलाई नराम्रो झट्का लागेको छ । भारतको प्रारम्भिक ब्याट्सम्यान शुभमन गिललाई डेंगु संक्रमण भएको हो ।
पछिल्लो समय शुभमन गिलको प्रदर्शन भारतका लागि निकै महत्त्वपूर्ण आधार बन्ने गरेको थियो । तर, डेंगु संक्रमित भएका कारण उनले आगामी आइतबार अस्ट्रेलियाविरुद्धको म्याच गुमाउन सक्ने आशंका गरिएको छ । भारतले विश्वकप अन्तर्गत पहिलो म्याच अस्ट्रेलियाविरुद्ध खेल्दैछ ।
शुक्रबार शुभमन गिलको थप परीक्षण हुने जनाइएको छ । त्यसपछिमात्र आइतबारको म्याचमा उनी खेल्ने या नखेल्नेबारे निर्णय लिने बताइएको छ ।
शुभमन गिल अनुपस्थित भएको अवस्थामा भारतीय टिमको प्रारम्भिक ब्याटिङ लाइनअपमा कप्तान रोहित शर्मालाई कसले साथ दिन्छन् भन्नेबारे पनि अन्योल नै छ । यद्यपि, रोहितको जोडीका रुपमा इशान किसन र केएल राहुलको नाम चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण