‘गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ’ : रघुजी पन्तले संसदमा सुनाए कविता
शुक्रबार, १९ असोज २०८०, ११ : ५१

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् ।
यस्तो छ सांसद पन्तको कविता :
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो ३ हजार
रहर दाल किलोको दुई सय पचास
बजार भाउ सुन्दा गुम्छ होस हवास्
तरकारीले भाउ नै नसोध भनेझै गर्छ
गोलभेँडाले के किन्छ र तैँले भनेर आँखा तर्छ
दसैँ पेश्की आउने कहिले कहिले
पेश्कीमा दसैँ महँगी आयो
सरकारका घर त उज्याला होलान्
नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन थालेको दसैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ
मेरो प्रश्न छ सरकार
गरिबको दसैँ यसपालि कसरी टर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज वैशाख शुक्ल एकादशी : मोहिनी एकादशीको व्रत गरिँदै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म