‘गोलभेँडाले किन्न सक्दैनस् भनेर आँखा तर्छ’ : रघुजी पन्तले संसदमा सुनाए कविता
शुक्रबार, १९ असोज २०८०, ११ : ५१
काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले दसैँको मुखमा बढेको मूल्यवृद्धिलाई लिएर प्रतिनिधिसभाको बैठकमा कविता सुनाएका छन् ।
शुक्रवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सुनाएको कवितामा मूल्य वृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सरकारलाई कटाक्ष गरेका छन् ।
यस्तो छ सांसद पन्तको कविता :
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो ३ हजार
रहर दाल किलोको दुई सय पचास
बजार भाउ सुन्दा गुम्छ होस हवास्
तरकारीले भाउ नै नसोध भनेझै गर्छ
गोलभेँडाले के किन्छ र तैँले भनेर आँखा तर्छ
दसैँ पेश्की आउने कहिले कहिले
पेश्कीमा दसैँ महँगी आयो
सरकारका घर त उज्याला होलान्
नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन थालेको दसैँ सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ
मेरो प्रश्न छ सरकार
गरिबको दसैँ यसपालि कसरी टर्छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण