बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री बझाङ प्रस्थान

शुक्रबार, १९ असोज २०८०, १२ : ३८
शुक्रबार, १९ असोज २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङतर्फ गएका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।

सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री अझै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले बताएका छन् । 

सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, १८ जना घाइते, निजी  घर तीन सयबढी भत्किएको र २१ वटा सरकारी घर चर्किएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप