भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री बझाङ प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङतर्फ गएका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री अझै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले बताएका छन् ।
सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, १८ जना घाइते, निजी घर तीन सयबढी भत्किएको र २१ वटा सरकारी घर चर्किएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण