त्रिविमा हिन्दी र समाजशास्त्र विषयको प्राध्यापक तथा सहप्राध्यापकको अन्तरवार्ता स्थगित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले आजको लागि तय गरेको अन्तर्वार्ता स्थगित गरेको छ । आयोगले एक सूचना जारी गर्दै आज बिहानका लागि तय गरिएको हिन्दी र समाजशास्त्र विषयको प्राध्यापक तथा सहप्राध्यापक पदको अन्तर्वार्ता स्थगित गरिएको जनाएको हो ।
नेविसंघ र नेपाल समाजवादी विद्यार्थी युनियनले तालाबन्दी गरेका कारण अन्तर्वार्ता गर्न नसकिएको आयोगले जनाएको छ । त्रिवि सेवा आयोगको कार्यालय, विज्ञान डीन कार्यालय र त्रिवि पुनरावेदन आयोगको कार्यालयमा नेविसंघ र युनियनले असोज १८ गते बेलुकादेखि तालाबन्दी गरेको थियो । सोही कारण आजका लागि निर्धारण गरिएको अन्तिम दिनको अन्तर्वार्ता स्थगित गरिएको सेवा आयोग कार्यालयका प्रमुख केदारनाथ ढकालले बताए ।
तालाबन्दीका कारण दैनिक प्रशासनिक कार्यमा समेत अवरोध सिर्जना भएको उनको भनाई छ । आयोगले २०७७/०७८ मा प्राध्यापक, सहप्राध्यापक लगायत विभिन्न पदका लागि विज्ञापन आह्वान गरेको थियो । ती मध्ये व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथिली विषयका प्राध्यापक र सहप्राध्यापक पदको अन्तर्वार्ता हुन बाँकी थियो ।
ती अन्तरवार्ताहरू असोज १४ देखि १९ गतेसम्म गर्ने गरी आयोगले कार्य तालिका सार्वजनिक गरेको थियो । र १८ गतेसम्मको अन्तर्वार्ता सम्पन्न भइसकेका थिए भने आज अन्तिम दिनको अन्तरवार्ता तालाबन्दीका कारण रोकिएको आयोगले जनाएको छ । आज रोकिएको अन्तरवार्ता अर्को सूचना जारी गरेपछि सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण