१९औँ एसियाली खेलकुदमा पदकबाट चुके कराँते खेलाडी विप्लव
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठ पदकबाट चुकेका छन् । कांस्य पदकका लागि शुक्रबार भएको भिडन्तमा उनी साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग १—९ अंकले पराजित भए ।
जारी एसियाली खेलकुदमा विप्लवबाट पदकको निकै आशा गरिएको थियो । उनले कराँतेको कुमिते पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा विप्लवले ताजिकिस्तानका खेलाडी उमेद साफारोभलाई १२—४ अंकले हराएका थिए । त्यसपछि उनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए ।
क्वार्टरफाइनल खेलमा भने उनी किर्गिस्तानका खेलाडी सादिकानोभ अदिलेतसँग १—५ अंकले पराजित भएका थिए । क्वार्टरफाइनलमा पराजित भएपछि रेपेचागेको पहिलो खेलमा उनले ‘बाई’ पाएका थिए । उक्त खेलमा ‘बाई’ पाएर विप्लवले साउदी अरेबियाका खेलाडीसँग कांस्य पदकका लागि भिडन्त पक्का गरेका थिए । तर, उनी पदकको भिडन्तमा साउदी अरेबियाका खेलाडीसँग पराजित हुन पुगे ।
१९औँ एसियाली खेलकुदमा नेपालले हालसम्म एउटा कांस्य पदकमात्र जित्न सकेको छ । महिला कबड्डी टोलीले कांस्य पदक जितेको हो । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै देशलाई कांस्य पदक दिलाएको हो ।
जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ जना खेलाडी सहभागी गराएको छ । एसियाली खेलकुदमा सहभागी जनाउन करिब ३० करोड रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण