धमाधम छापिदैछन् २ अर्ब २२ करोडको पाठ्यपुस्तक ( हेर्नुहोस् तस्विरमा)
भक्तपुर । नयाँ शैक्षिक सत्र शुरु हुन केही दिन मात्र बाँकी छ । नेपाल सरकारले समयमै विद्यार्थीको हातमा पुस्तकको सेट पु¥याउन धेरै निकायलाई सक्रिय बनाएको छ ।
सरकारले यही चैत २५ गते भित्र सबै जिल्ला सदमुकाममा पाठ्यपुस्तक पुग्ने लक्ष्य लिएको छ ।
आगामी शैक्षिक सत्र २०७५ को लागि नेपालमा विद्यालय शिक्षा अध्ययनको लागि कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् । कक्षा ६ देखि १०सम्म २२ लाख २४ हजार ९ सय १७ विद्यार्थी हुनेछन् ।
नेपाल सरकारले विद्यार्थी संख्याको पूर्व अनुमान गरि यो वर्षको शैक्षिक सत्रको लागि निःशुल्क पाठ्यपुस्तक शीर्षकमा २ अर्ब २२ करोड २२ हजार रुपैयाँ विनियोजन गरेको छ ।
जस अनुसार कक्षा १ देखि ५ सम्मको पाठ्य पुस्तकको छपाई निजी क्षेत्रले गरिरहेको छ । यो वर्षदेखि कक्षा ५ सम्मको पुस्तक पूर्ण रंगिन हुनेछ ।
कक्षा ६ देखि १० सम्मको छपाई भने सरकारी स्वामित्वमा रहेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले गरिरहेको छ । वि.स २०७४ सालमा कक्षा १ देखि १० सम्म ५५ लाख ३० हजार ५ सय ३१ जना विद्यार्थी हुने अनुमान गरिएको छ । जसमा कक्षा १ देखि ५ सम्म मात्र ३३ लाख ५ हजार ६ सय १४ जना हुनेछन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण