बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु

शनिबार, २० असोज २०८०, १२ : २८
शनिबार, २० असोज २०८०

काठमाडौँ । गरिमा विकास बैंकले विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको छ । 

यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिने छ । साथै, यदि ग्राहक आफैले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेश गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिनेछ । 

आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले यो सुविधा मार्फत लाभ उठाउन सक्नुहुनेछ । बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने छ भन्ने विश्वास राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप