बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेश : चारवटै संसदीय समितिमा सर्वसम्मत नेतृत्व चयन

शनिबार, २० असोज २०८०, १८ : १७
शनिबार, २० असोज २०८०

पोखरा । गण्डकी प्रदेशसभाका चारवटै संसदीय समिति पूर्ण भएका छन् । शनिबार चारवटै समितिमा सभापति चयन भएका हुन् । 

तीनवटा समितिमा सत्तापक्षका सभापति छन् भने एउटामा प्रतिपक्षी सांसद सर्वसम्मत चयन भएका छन् । सहमतिका आधारमा समितिको सभापतिको टुंगो लगाइएको हो । कांग्रेसले अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएको छ । माओवादीले सामाजिक विकास तथा कृषि र एमालेले सार्वजनिक लेखा समितिको सभापति पाएको छ । 

अर्थमा स्याङ्जाका भोजराज अर्याल, प्रदेश मामिलामा बागलुङकी चम्पा खड्का, सामाजिक विकासमा गोरखाका फडिन्द्र देवकोटा र सार्वजनिक लेखामा स्याङ्जाकै सुधीर पौडेल निर्विरोध निर्वाचित भएका हुन् । सबै समितिको सभापतिमा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएको संसद् सचिवालयले जनाएको छ । उनीहरू निर्वाचित भएको घोषणा आइतबार बिहान ८ बजे हुनेछ । त्यसपछि शपथ लिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप