गण्डकी प्रदेश : चारवटै संसदीय समितिमा सर्वसम्मत नेतृत्व चयन
पोखरा । गण्डकी प्रदेशसभाका चारवटै संसदीय समिति पूर्ण भएका छन् । शनिबार चारवटै समितिमा सभापति चयन भएका हुन् ।
तीनवटा समितिमा सत्तापक्षका सभापति छन् भने एउटामा प्रतिपक्षी सांसद सर्वसम्मत चयन भएका छन् । सहमतिका आधारमा समितिको सभापतिको टुंगो लगाइएको हो । कांग्रेसले अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानुन समितिको सभापति पाएको छ । माओवादीले सामाजिक विकास तथा कृषि र एमालेले सार्वजनिक लेखा समितिको सभापति पाएको छ ।
अर्थमा स्याङ्जाका भोजराज अर्याल, प्रदेश मामिलामा बागलुङकी चम्पा खड्का, सामाजिक विकासमा गोरखाका फडिन्द्र देवकोटा र सार्वजनिक लेखामा स्याङ्जाकै सुधीर पौडेल निर्विरोध निर्वाचित भएका हुन् । सबै समितिको सभापतिमा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएको संसद् सचिवालयले जनाएको छ । उनीहरू निर्वाचित भएको घोषणा आइतबार बिहान ८ बजे हुनेछ । त्यसपछि शपथ लिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण