लिङ्देनको प्रस्ताव : देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि नै नयाँ सम्झौता गरौँ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हुन् ।
उनले नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने दायित्व राप्रपाको भएको बताए । उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।
लिङ्देनले भने, ‘यो अभ्यासको डेढ दशक भन्दा बेसी समयले बतायो, संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईँहरूलाई पनि थाहा छ । त्यसकारण रक्तपात बिना, दबाब बिना, तपाईँहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र बाटो फेरौँ । र नयाँ सहमति बनाऔँ । आज पनि भन्न चाहन्छु, यदि यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन ।’
उनले थपे, ’होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेहरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाई हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मुकदर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि देशको पहिचानको रक्षाका लागि सर्वाङ्गिण रुपमा भन्ने हो भने निजी क्षेत्रको सुरक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस्, वा हाम्रो जीवनकालमै दशमै गरिखाने वातावरण बनाउन होस् । अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ । त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण