इजरायलमा भएको हमलामा ९ जना नेपाली घाइते, दुई गम्भीर : सरकार
काठमाडौँ । इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा आक्रमण हुँदा यो घटना भएको थियो । आक्रमण भएको क्षेत्रमा रहेका नेपालीसँग इजरायलस्थित नेपाली दूतावास सम्पर्कमा रहेको र इजरायली अधिकारीहरूसँगको सम्पर्क र सहकार्यमा नेपालीहरूको सुरक्षा, उद्धार र घाइतेहरूको उपचार भइरहेको मन्त्रालयको भनाई छ ।
पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सरकारले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई चनाखो रहन र अधिकारीहरूले सुझाएको सुरक्षाका उपायहरू अवलम्बन गर्न अनुरोध गरेको छ ।
सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको भर्त्सना गर्दै इजरायलको सरकारप्रति ऐक्यबद्धता समेत जनाएको छ । सरकारले घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीर्ष स्वास्थ्य लाभको कामना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण