चलचित्र विकास बोर्डका सबै कार्यक्रम बहिष्कार गर्ने चलचित्रसम्बद्व सङ्घ संस्थाको निर्णय
काठमाडौँ । पछिल्लो समय चलचित्र विधेयकको विषयलाई लिएर चलचित्र सम्बद्ध ९ सङ्घ संस्थाले चलचित्र विकास बोर्डले आयोजना गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ । चलचित्र निर्माता सङ्घ, चलचित्र सङ्घ, कलाकार सङ्घ,निर्देशक समाज,प्राविधिक सङ्घ, आदिवासी चलचित्रकर्मी महासंघ, चलचित्र संघलगायत चलचित्र सम्बन्धी ९ वटा सङ्घ संस्थाको बसेको सामूहिक बैठकले सो निर्णय गरेको हो ।
‘जबसम्म बोर्डले प्रस्तावित चलचित्र विधेयकको मस्यौदा हाम्रो मागअनुसार सच्याएर मन्त्रालयमा पठाउँदैन । तबसम्म हामी चलचित्रसम्बन्धी कुनै सङ्घसंस्था चलचित्र विकास बोर्डले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदैनौ ’, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले भने ‘यो हामी सबै सङ्घसंस्थाको आधिकारिक निर्णय हो ।’ चलचित्र सम्बन्धी ९ सङ्घ संस्थाको हालै बसेको बैठकले यो निर्णय गरेको खड्काको भनाई छ ।
शुक्रवार बोर्डबाट प्रस्तावित चलचित्र विधेयकको मस्यौदा अगाडि नबढाउन ९ सङ्घ संस्थाको प्रतिनिधिले बोर्ड अध्यक्ष भुवन केसी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गर्दै पत्र समेत दिएको छ ।
यसअघि चलचित्रसम्बन्धी सङ्घ संस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उद्योग र सङ्घीयताको मर्मविपरित गोप्य रूपमा विधेयक ड्राफ्ट गरी अगाडि बढाएको आरोप ९ सङ्घ संस्थाको रहेको छ ।
९ सङ्घ संस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टीकरणसहित चलचित्र विकास बोर्ड र मन्त्रालयमा पेस गर्ने तयारी समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण