अपराधीलाई आम माफी दिएर राष्ट्रपतिले कानुनीराज्यको धज्जी उडाउनुभयो : धवलशमशेर राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले अपराधीलाई राष्ट्रपतिले आममाफी दिएर कानुनीराज्यको धज्जी उडाएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रपतिले ज्यानमार्ने व्यक्तिलाई आममाफी दिनु दुःखद रहेको बताए ।
उनले भने,‘यही कारणले हामीले पटक पटक यो सदनमा भन्दै आएका छौँ, हामीलाई सबैको साझा एउटा राजा चाहिएको छ । राष्ट्रपतिले मन्त्रीपरिषद्को निर्णय मान्नुपर्ने, मन्त्रीपरिषद्ले पार्टीको निर्देशन मान्नुपर्ने, पार्टीले गुण्डा र हत्यारा पाल्ने र ती हत्यारा र गुण्डालाई जब सजाय हुन्छ अनि राष्ट्रपति मार्फत फेरी उन्मुक्ति पाउने व्यवस्था हाम्रो संविधानले बनाएको छ ।’
उनले संविधानमा कानूनीराजलाई चुनौती दिने विषय संशोधन गर्नपनि माग गरेका छन् । उनले शिक्षा विधेयकले निजी शैक्षिक संस्थालाई किन निरुत्साहित गर्न खोजेको हो भन्ने प्रश्न समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण