बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपाली चलचित्रमा एउटा अर्काे अर्गानिक गीत

शुक्रबार, १६ चैत २०७४, १२ : ३०
शुक्रबार, १६ चैत २०७४

न्युयोर्क  – पछिल्लो पुस्ताको सक्रियतासँगै नेपाली गीत संगीतमा अर्गानिक गीतको खडेरी देखिएको छ । नेपाली लोकलयका टिपिकल गीत संगीतहरु बजारमा आउन छाडिसकेका देखिन्छन् ।

पश्चिमा संस्कृतिको सिको र कपिले पछिल्लो पुस्तालाई लपक्कै पारेको छ । झट्ट सुन्दा रमाईलो लागेपनि त्यस्ता कपी गीत संगीतले भोलीको दिनमा शून्य दर्शक र श्रोता पाउने निश्चित छ ।

पछिल्ला केहि सफल भनिएका नेपाली चलचित्रका थुप्रै गीतहरु चोरीका भएका भेटिएर ठुलै बिबाद र झमेलामा फसेका छन् । उदाहरणका लागी ‘कृ’ फिल्मको उकालिमा, छक्का पन्जा २ को ‘हे दाजु’ , ‘सत्रु गते’को ‘रुपै मोहनी’ लगायत छन् । 

अहिले लोकप्रियताको नाममा गीत संगीत क्षेत्रको वौद्धिक सिर्जनाको चोरी हुने क्रम ह्वात्तै बढेको छ । कसैका सृजना चोरेर रातारात चर्चित हुने अनी मालामाल हुनेहरुले यो हेक्का राख्नु पर्दछकी म कसैको सृजनामा बलात्कार गरिरहेछु । अब भनौ त्यस्ता कलाकारलाई कहिले र कसरी शान्ती मिल्न सक्छ र ? यो प्रश्न तिनिहरु लाई नै । 

नेपाली चलचित्रको क्षेत्रमा ४ चलचित्र दिन सफल निर्देशक श्री एभरेष्ट सूर्य बोहराको पाँचौँ चलचित्र ‘भैरे’ आगामी जेष्ठ दोस्रो साता देखि प्रदशैनमा आउदैछ । 

उनै चर्चित निर्देशक एभरेष्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्म भैरेको शिर्ष गीत ‘सनम माया लाको’ नेपाली लोक आधुनिक गीत सर्बजनिक भएको छ । नेपाली लोक संस्कृतीको भाकालाई टपक्कै टिपेर गीतमा उनिएको छ  ।

नेपाली लोक संस्कृति, नेपाली टिपीकल बाजाहरु, पन्चेबाजाहरु, नेपाली भाका, नेपाली माटोको आवाज र सुगन्धलाई गीतमा देख्न सकिनेछ  । निर्देशककै शब्दमा गायक यम बरालले नै संगीत भरेका छन्, भने गायनमा उनै यम बराल र अन्जु पन्तको सुरिलो आवाजले गीत अझ बलियो बनेको छ  ।

बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको गीत अझ ससक्त र शुन्दर देख्न सकिन्छ । गीतमा बिभिन्न नेपाली भेषभुषा, रीति संस्कृतिलाई समाबेश गरेर हिजो आजको पुस्ता र भोलीको पुस्तालाई समेत जोड्ने प्रयास गरिएको छ । गीतमा नायक दयाहाङ्ग राई र सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

२ साता अघि फिल्मको अर्को गीत ‘सान्नानी लाई भेट्न आउदा’ पनि आएको थियो । त्यो गीतले पनि राम्रै चर्चा बटुलिरहेको छ । चलचत्रिमा दयाहाङ राई, बुध्दि तामाङ, विक्रान्त बस्नेत, सुनिल थापा, बर्षा सिवाकोटी र सुरक्षा पन्त लगायत कलाकारको मुख्य भूमिका रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप