आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामा नाइजेरियाली सेनाद्वारा ३१ बन्दुकधारी मारिए

आइतबार, २१ असोज २०८०, २१ : ५८
आइतबार, २१ असोज २०८०

अबुजा । पछिल्लो साता नाइजेरियाली सेनाले मुलुकको उत्तरी क्षेत्रमा गरेको थुप्रै कारबाहीमा ३१ बन्दुकधारी मारिएको एक अधिकारीले बताएका छन् ।

कारबाहीमा अन्य ८१ जनालाई पक्राउ गरिएको सैनिक प्रवक्ता एडवार्ड बुबाले बताए । उनका अनुसार आतङ्ककारी समूह बोको हराम नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रुभिन्सले बन्धक बनाएका कम्तीमा १० जनालाई सेनाले मुक्त गरेको छ ।

“मुलुकलाई सुरक्षित पार्ने अन्तिम लक्ष्यका साथ सेनाले आफ्ना कारवाहीबाट विद्रोह र आतङ्कवादको प्रभावविरुद्ध आफ्नो विजयी अभियानलाई जारी राख्नेछ”, उनले भने । नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा सशस्त्र हमला प्रमुख सुरक्षा खतरा भएको छ ।-(रासस/सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप