एक सातामा नाइजेरियाली सेनाद्वारा ३१ बन्दुकधारी मारिए
आइतबार, २१ असोज २०८०, २१ : ५८
अबुजा । पछिल्लो साता नाइजेरियाली सेनाले मुलुकको उत्तरी क्षेत्रमा गरेको थुप्रै कारबाहीमा ३१ बन्दुकधारी मारिएको एक अधिकारीले बताएका छन् ।
कारबाहीमा अन्य ८१ जनालाई पक्राउ गरिएको सैनिक प्रवक्ता एडवार्ड बुबाले बताए । उनका अनुसार आतङ्ककारी समूह बोको हराम नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रुभिन्सले बन्धक बनाएका कम्तीमा १० जनालाई सेनाले मुक्त गरेको छ ।
“मुलुकलाई सुरक्षित पार्ने अन्तिम लक्ष्यका साथ सेनाले आफ्ना कारवाहीबाट विद्रोह र आतङ्कवादको प्रभावविरुद्ध आफ्नो विजयी अभियानलाई जारी राख्नेछ”, उनले भने । नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा सशस्त्र हमला प्रमुख सुरक्षा खतरा भएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण