आर्सनलसँग स्तब्ध बन्यो सिटी
लण्डन । ग्याब्रियल मार्टिनेलीले खेलको अन्त्यतिर गोल गर्दा साबिक विजेता म्यानचेस्टर सिटी प्रिमियर लिगमा आर्सनलसँग पराजित भएको छ ।
निकै निरस बनेको खेलमा दुवै टोली अङ्क बाँड्ने तयारी गरिरहँदा ८६ औँ मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । चोटबाट मुक्त हुँदै सब्सटिट्युटका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीको प्रहार नाथान आकेलाई लाग्दै जाली चुमेको थियो ।
लिगमा सिटीविरुद्ध आर्सनलले सन् २०१५ को डिसेम्बरपछि पहिलो पटक जीत हासिल गरेको हो । जीतसँगै आर्सनलले शीर्ष स्थानमा टोटनह्याम हटस्पर्ससँग अङ्क बराबरी गरेको छ । दुवैको २० अङ्क रहेको छ । १८ अंकसहित सिटी तेस्रो छ ।
आइतबार नै भएका अन्य खेलमा चौथो स्थानमा रहेको लिभरपुलले ब्राइटनसँग २–२ को रोमाञ्चक बराबरी गर्यो । त्यस्तै न्युक्यासल वेस्ट ह्यामसँग समान गोलअन्तरको बराबरीमा रोकियो । वुल्भ्स र एस्टन भिल्लाले पनि १–१ को बराबरी खेल्न बाध्य भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण