ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्झौता
काठमाडौँ । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबिच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको १५ शाखाहरु, वा मोबाईल एपबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्ने छन्।
साथै सिबिएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तिय संस्थाहरु तथा इसेवाका १००,००० भन्दा बढी क्यास प्वाइन्ट र ७५ लाख+ प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र सिबिएल मनि ट्रान्स्फरको तर्फबाट, प्रमुख कार्यकारी अधिकृत, मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका छन् । ईसेवा मनि ट्रान्स्फर र सिबिएल मनि ट्रान्स्फर बीचको यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखेको कम्पनीको भनाइ छ ।
यस सम्झौताबारे बोल्ने क्रममा ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत, अजेश कोईरालाले भने, “सिबिएल मनि ट्रान्स्फरको रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी निकै उत्साहित छौँ। सिबिएल मनि ट्रान्स्फर मलेशिया मार्फत अब नेपालमा रेमिट्यान्स पठाउन मिल्ने भएकाले विदेशमा रहनुभएका नेपालीहरुलाई सुरक्षित र भरपर्दो माध्यमबाट आफ्नो घर रेमिट्यान्स पठाउन थप सहजता हुने कुरामा हामीलाई विश्वास छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण