हमासको आक्रमणमा आफ्नो 'प्रत्यक्ष संलग्नता' इरानद्वारा अस्वीकार
तेहरान । संयुक्त राष्ट्रसंघका लागि इरानको मिसनले दक्षिणी इजरायलमा हमास लडाकुहरूले गरेको आक्रमणमा आफू संलग्न नभएको बताएको छ।
समाचार एजेन्सी रोयर्सका अनुसार मिसनले आइतवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामी प्यालेस्टाइनको समर्थनमा दृढताका साथ खडा छौँ । तर प्यालेस्टाइनको यो प्रतिक्रियामा हामी संलग्न छैनौँ । यो कारबाही प्यालेस्टाइनको तर्फबाट मात्रै गरिएको हो ।’
यसअघि हमासले शनिबार भएको आक्रमणमा इरानले सहयोग गरेको दाबी गरिएको थियो । इरानले वर्षौंदेखि हमासलाई समर्थन गर्दै आएको छ र आफ्ना लडाकुहरूलाई हतियार र तालिम प्रदान गर्दै आएको छ। चरमपन्थी समूहले इरानको सहयोगले नियोजित आक्रमण गर्न मद्दत मिलेको बताएको थियो।
तर, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार सीएनएनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘हामीले यस्तो कुनै प्रमाण फेला पारेका छैनौं जसको आधारमा यो आक्रमणको निर्देशन इरानले दिएको हो वा यसको पछाडि इरानको हात रहेको हो भन्न सकिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण