विद्यालय शिक्षा विधेयकबारे अखिल क्रान्तिकारीको १३ बुँदे असहमति
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विद्यालय शिक्षा विधेयकप्रति १३ बुँदे असहमति सार्वजनिक गरेको छ । सोमबार अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गरी सो विधेयकप्रति १३ बुँदे असहमति जनाएकी हुन् ।
विज्ञप्तिमा देश संघीयतामा गइसकेको अवस्थामा अहिले पनि विभिन्न वाहानामा जिल्ला शिक्षा कार्यालयलाई सक्रिय बनाउन खोज्नु संघीयताको भावना विपरित रहेको भन्दै जिल्ला शिक्षा कार्यालय खारेज हुनुपर्नेमा जोड दिइएको छ । संविधानको अनुसूची ८ को (ड)मा आधारभूत र माध्यामिक शिक्षा स्थानीय तहको अधिकार सूचीमा राखिएको जनाउँदै विज्ञप्तिमा स्थनीय तहका अधिकार खोस्नेगरी भएका गतिविधिप्रति सचेत रहन समेत विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै जनयुद्धको क्रममा सहिद एवम् बेपत्ताहरुका सन्ततिहरुलाई पढाउनका लागि देशैभरी खोलिएका विद्यालयहरुलाई उचित व्यवस्थापनबारे विधेयकबाट नै अलग व्यवस्था गर्न अखिल क्रान्तिकारीले माग गरेको छ । सरकारले केही दिनअघि सो विधेयक संसदमा पेश गरेको थियो ।
यस्ता छन् अन्य असहमतिका बुँदा :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण