इजरायल घटना
युद्धका कारण इजरायल जान लागेका २४ केयरगिभर रोकिए
सोमबार, २२ असोज २०८०, १८ : ५८
काठमाडौँ । स्वास्थ्य सहायक (केयर गिभर) को रुपमा इजरायल जान लागेका २४ जना नेपाली रोकिएका छन् । २४ गतेको लागि उडान कार्यतालिका रहेकोमा उनीहरुलाई तत्काल रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका महानिर्देशक मदन दाहालले इजरायल र गाजाबीचको द्वन्द्वका कारण तत्कालका लागि उनीहरुलाई त्यसतर्फ नपठाउने निर्णय गरिएको बताए । सोही आधारमा असोज २४ गतेको उडान कार्यतालिका रहेकामा तत्काल रोक्न भनिएको बताए ।
२०७९ मा इजरायलले स्वास्थ्य सहायकको रुपमा १ हजार भन्दा बढी नेपालीलाई इजरायल लैजान छनौट गरेको थियो । जसमध्ये अन्तिममा २४ जना मात्रै जान बाँकी थियो । ती बाहेक सबै जना विभिन्न चरणमा गरेर इजरायल प्रस्थान गरिसकेका छन् ।
अब अवस्था सहज भएको खण्डमा मात्रै उनीहरुलाई पठाइने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण