पत्रकार बनाएर मानव तस्करी प्रकरणमा अध्ययन समिति गठन
काठमाडौँ । पत्रकार बनाएर कोरियामा मानव तस्करी सम्बन्धमा अध्ययन र छानबिनका लागि नेपाल पत्रकार महासंघले समिति गठन गरेको छ । महासंघका लेखा समिति संयोजक लेखनाथ न्यौपानेको संयोजकत्वमा अध्ययन गरी सुझाव दिन समिति गठन भएको हो ।
गैर पत्रकारलाई पत्रकार बनाएर १५ लाख रकम लिई कोरियामा मानव तस्करी गर्न लागेको सम्बन्धमा रातोपाटीमा समाचार प्रकाशन भएपछि महासंघका अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको हो । असोज १५ गते रातोपाटीमा ‘पत्रकार बनाएर मानव तस्करी’ शीर्षकमा समाचार प्रकाशन भएको थियो जहाँ नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको लेटर हेडको समेत दुरुपयोग भएको पाइएको थियो ।
नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले असोज १९ गते जारी गरेको पत्रमा लेखनाथ न्यौपानेको संयोजकत्वमा शन्तराम विडारी, ज्ञानप्रसाद पौडेल, रामकृष्ण अधिकारी र महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रृजन झा सदस्य रहेका छन् । उक्त विषयमा आवश्यक अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।
गैर पत्रकारलाई पत्रकार बनाएर मानव तस्करी गराएको र गर्न लागेको सम्बन्धमा प्रेस सेण्टर नेपालका पत्रकारहरुसमेत मुछिएपछि प्रेस सेन्टर नेपालले पनि आन्तरिक छानबिन गरिरहेको छ । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार कोरियामा मानव तस्करी प्रकरणमा प्रेस सेन्टरका ललितपुर जिल्ला इन्चार्ज सुर्य सुवेदी र भक्तपुरका जिल्ला इन्चार्ज एकराज दाहाल समेत मुछिएपछि उनीहरुको सम्बन्धमा पनि छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको छ ।
छानबिनका लागि प्रेस सेन्टर नेपालको उपत्यका प्रदेश समितिलाई जिम्मेवारी दिइएको छ । त्यस सम्बन्धमा छिटो छानबिन गरी प्रतिवेदन पेश गर्न भनिएको पौडेलले रातोपाटीलाई बताए ।
गैरपत्रकारलाई पत्रकार बनाएर कोरिया पठाई त्यहीँ रोजगारीमा लगाइदिने भन्दै नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशका कार्यसमिति सदस्य अनिल कुमार गुप्ताले छिरिङ डोमा शेर्पा नाम गरेकी एक युवतीसँग ७ लाख ५० हजार रकम उठाएका थिए । कोरिया जान कुल १५ लाख रुपैयाँ लाग्ने भन्दै पहिलो चरणमा डकुमेण्टेसन लगायतका कामका लागि भनेर गुप्ताले ७ लाख ५० हजार रुपैयाँ लिएका थिए । गुप्ताले यसअघि नै एक युवतीलाई कोरिया पठाएपछि सोही युवतीको सिफारिसमा छिरिङ डोमा अनिल कुमार गुप्ताको सम्पर्कमा पुगेको पाइएको छ ।
करिब ३ वर्षसम्म पनि युवती कोरिया जान नपाएपछि उनले रकम फिर्ता मागेकी थिइन् । त्यसलगत्तै गुप्ता सम्पर्कविहीन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण