शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल प्रकरण

आफन्तको जिम्मामा घर छाडेर सुनौलो सपना बोकी इजरायल पुगेका थिए आशिष

मङ्गलबार, २३ असोज २०८०, ०९ : १६
मङ्गलबार, २३ असोज २०८०

धनगढी । कैलालीको जोशीपुर गाउँपालिका–५ मैनपोखरीका २५ वर्षीय आशिष चौधरी गत भदौ २६ गते इजरायलका लागि उडेका थिए ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विज्ञान संकायबाट बीएससी एग्रीकल्चरको अध्ययन सकेर उनी इजरायल गएका थिए ।

तर शनिबार इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमणमा उनको ज्यान गएको छ । गाउँको जुझारु युवाको ज्यान गएपछि उनको गाउँ नै यतिबेला शोकमा छ ।

अर्कोतिर, उनका बुवा बेजुलाल चौधरी र आमा मञ्जु देवी डंगौरा आशिषभन्दा अगाडि गत असारमै घरको जर्जर अवस्थालाई टार्न कामको सिलसिलामा भारतको बेंग्लोर गएका थिए ।

बेजुलाल र मञ्जुका दुई सन्तानमध्ये छोरीको बिहे भइसकेको छ भने आशिष घरमा एक्लै थिए । घरलाई आफन्त र छिमेकीकै जिम्मा लगाएर सुनौलो भविष्यको सपना बुन्दै आशिष इजरायल हानिएका थिए ।

तर इजरायलमा विद्रोही समूहको आक्रमणमा परेर उनको निधन भएको छ । कृषिमा नवीनतम भविष्य देखेका आशिषको निधनले ठुलो क्षति भएको उनको सहपाठी अभिमन्यू चौधरी बताउँछन् ।

उनको शवको पखाईमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरिरहेका अभिमन्यु भन्छन्, ‘मैलै यही ठाउँसम्म आएर साथी (आशिष)लाई इजरायल जाँदा बिदाइ गरेको थिएँ । कस्तो दुर्भाग्य ! आज यही ठाउँमा त्यही साथीको शव कुरिरहेको छु ।’

शोकमा डुबेका आशिषका आफन्त र छिमेकी तथा गाउँलेहरु हाल आशिषको शव र बेंग्लोरबाट फर्किरहेका आशिषका बुबाआमालाई कुरिरहेका छन् ।

बेंग्लोरबाट हिँडिसकेका उनको बुबाआमा मंगलबारसम्म गाउँमा आइपुग्ने बताइएको छ ।

आशिषका नाना (आमाको बुबा) कन्हैलाल डंगौरालगायत आफन्तजन आशिषबारे अत्यारिलो खबर सुने यता विक्षिप्त बनेका छन् ।

यसैबिच सोमबार कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कैलालीस्थित सुरक्षा निकायका प्रमुख, वडाध्यक्ष समेत रहेका गाउँकै अनर कुमार चौधरी आशिषका आफन्तजनलाई समवेदना दिन घर पुगेका थिए ।

Ashish Chaudhary1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप