बुटवल उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व, अध्यक्षमा हरि अर्याल निर्वाचित
बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घको अध्यक्षमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । सङ्घको २५ औँ अधिवेशन अन्तरगत भएको निर्वाचनमा अर्यालले प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल प्यानलसहित निर्वाचित भएका हुन् ।
९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे बाहेक अर्याल प्यानलककै उम्मेदवारले जितेका छन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।जसमा अर्यालले ७७६ र श्रेष्ठले ६८८ मत प्राप्त गरेका छन्।
अर्याल सङ्घका पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमिति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
यसपटक अध्यक्षका दुवै उम्मेदवार नेपाली कांग्रेस निकट थिए । अर्याल प्यानलबाट उद्योग उपाध्यक्षमा नेकपा एमाले निकट सुरज भट्टराई निर्वाचित भएका छन् । भट्टराईले नवीनप्रसाद श्रेष्ठलाई पराजित गरे । महासचिव पदमा मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन् । उनले बाबुराम बिकलाई पराजित गरे ।
कोषाध्यक्ष पदमा वसन्तप्रसाद ढकाल निर्वाचित भए । उनले प्रकाशकुमार श्रेष्ठलाई पराजित गरे । सचिव पदमा प्रतीक पोखरेल निर्वाचित भए । उनले भेषराज गैरेलाई पराजित गरे । सहकोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई पराजित गरिन् ।
सदस्यहरूमा उद्योग तर्फ दीपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्य तर्फ सदस्यहरूमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।
खुल्ला तर्फ सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण