कार्य विभाजनको तयारीमा लोसपा अध्यक्ष ठाकुर
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समितिमा कार्यविभाजनको गृहकार्य थालेको छ । ६३ जनाको पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति सार्वजनिक गरेपछि उनीहरुको कार्यविभाजनको तयारी थालिएको हो ।
कार्य समिति सार्वजनिक भएपछि बसेको कार्यकारिणी समितिको बैठकमा पनि नेताहरुले पार्टीभित्र कार्य विभाजन गरेर संगठनलाई क्रियाशिल गर्न सुझाव दिएका थिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले पार्टीका अध्यक्ष महन्थ ठाकुर आन्तरिक तयारीमा लागेका छन्, दशैंपछि विभाजनको काम सम्पन्न गर्ने सोनलले बताए । अध्यक्ष ठाकुर स्वयंले पनि कार्य समितिमा कार्य विभाजन गराएर संगठनलाई अगाडि बढाउने बताउँदै आएका छन् ।
'चाडपर्व सुरु भएको छ, यो बीचमा आन्तरिक गृहकार्य हुन्छ, दशैं सकेपछि त्यस बारेमा नेताहरुसँग छलछफल गरेर टुग्याइनेछ' सोनलले भने । कार्य विभाजनको खाका तयार गर्ने जिम्मेवारी पनि अध्यक्ष ठाकुरलाई नै दिइएको छ । यसअघि पनि कार्य समितिको नामावली अध्यक्ष ठाकुरले तयारी गरेका थिए ।
दशैंको अवसरमा नेताहरुलाई आआफ्नो क्षेत्रमा जान अध्यक्ष ठाकुरले निर्देशन दिएका छन् । आआफ्नो क्षेत्रमा गएर संगठनका लागि काम गर्ने त्यसकै आधारमा कार्यविभाजनको काम अगाडि बढाउने तयारी अध्यक्ष ठाकुरको रहेको लोसपाका सचिव मनिष मिश्रले बताए ।
अध्यक्ष ठाकुर कार्य विभाजनको लागि आन्तरिक तयारीमा जुटि सकेका छन्, दशैं मनाएर नेताहरु काठमाडौँ फर्केपछि छलफल गरेर त्यसलाई अन्तिम रुप दिने मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण