इजरायलबाट फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने
काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताए ।
इजरायल र गाजाबीचको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका थिए । एकजना सम्पर्कविहिन छन् । वेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।
घर फर्किनका लागि २८० भन्दा बढी विद्यार्थीले अनलाइन आवेदन भरेका छन् । उनीहरूलाई लिनको लागि आज राति नेपाल एयरलायन्सको विमान इजरायल जाँदैछ । उक्त चार्टड विमानमार्फत नेपाली विद्यार्थी ल्याउन लागिएको हो । त्यस्तै कोही नेपालीहरूले व्यवसायिक उडानमार्फत समेत आउन चाहेको खण्डमा त्यसको खर्च सरकारले बेहोर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण