आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै
बिहीबार, २५ असोज २०८०, ०६ : ५३
काठमाडौँ । आज विश्व दृष्टि दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साग यो दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ ।
आँखा अर्थात् दृष्टि मानिसका लागि निकै महत्वपूर्ण छ । आँखाको महत्व र आँखामा के कस्तो रोग कसरी लाग्न सक्छ, दृष्टि कसरी गुम्छ भन्नेबारे जानकारी गराउन र सचेतना फैलाउन दृष्टि दिवस मनाइँदै आएको हो ।
विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) ले संयुक्त रूपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई न्यूनीकरण गर्न प्रत्येक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।
नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
-
विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
-
नागढुङ्गा सुरुङमार्ग उद्घाटन : पुरानो पुस्ताको आँखामा विकासको खुसी
-
आन्तरिक राजस्व विभागले भन्याे– असार महिनाको विद्युत् खपतमा भ्याट लाग्दैन
-
सुनसरी घटना : शान्ति र सद्भाव फर्काउने प्रयास तीव्र
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण