सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाउने युवक पक्राउ
बिहीबार, २५ असोज २०८०, ०९ : ३०
काठमाडौँ । सँगै काम गर्ने सहकर्मीलाई पेट्रोल छर्केर आगो लगाई फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने २६ वर्षीय शिबु भन्ने सुवास विक रहेका छन् ।
विकले गत असोज २२ गते ग्वार्को बाफलस्थित एसबी ह्याण्डग्राफीमा काम गर्ने २४ वर्षीय अरुण विश्वकर्मालाई पेट्रोल छर्केर आगो लगाएका थिए । सो घटनामा आगो सल्केर अन्य दुईजना पनि घाइते भएका थिए । उनीहरूको कीर्तिपुर बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।
घटनापछि फरार रहेका विकलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार काठमाडौँको सुन्धाराबाट पक्राउ गरेको थियो । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण