दसैँ केन्द्रित बजार अनुगमन तीव्र, ४ पसललाई ९० हजार जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधवार ४ वटा कम्पनीलाई कारबाही गरेको छ । दसैँ केन्द्रीय बजारमा उपभोक्तालाई विभिन्न बाहानमा ठगेको र खरिद बिल नराखेको, मूल्य सूची नराखेका कम्पनीलाई विभागले कारबाही गरेको हो ।
तथ्यांकअनुसार भक्तपुरको खाद्य वस्तु पसललाई १० हजार जरिवाना गरिएको विभागले जनाएको छ । यस्तै, सुन्दर बस्तीको किराना पसललाई १० हजार रुपैयाँ जरिवाना गराएको छ । यसबाहेक, व्यासीको किराना पसललाई २० हजार रुपैयाँ तिराएको विभागले जनाएको छ ।
यस्तै, विभागले काठमाडौँको किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । तर, विभागले कारबाहीमा परेका कम्पनी र फर्महरूको सूची भने खुलाएको छैन ।
विभागले बुधवार कूल २१ वटा पसलमा अनुगमन गरेको थियो । यसमध्ये अधिकांशलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न