वैकल्पिक सिँचाइ व्यवस्थाले महोत्तरीका किसानलाई राहत
महोत्तरी । सिँचाइ अभावका कारण खेती गर्न नपाएका यहाँका किसानलाई नगर कार्यपालिकाले स्यालो ट्युबवेल जडान र मोटर पम्पसेट उपलब्ध गराएपछि राहत मिलेको छ । कार्यालयले बुधबार स्यालो ट्युबवेल जडान गरिएका ३० किसानलाई मोटर पम्पसेट उपलब्ध गराएको हो ।
यसपाली अनुकूल वर्षा नभएर धानबाली लगाउन नपाएका किसानलाई सिँचाइको वैकल्पिक व्यवस्था भएपछि गहुँ र अन्य तरकारीबाली लगाउन सहज भएको छ । “ट्युबवेलमा मोटर पम्पसेटको सहायताले सिँचाइ गरी गहुँ तथा तरकारी लगाउन सहज भएको छ”, स्थानीय जैश शेषले भने । नगरका नौ वडाका बस्तीमा वैकल्पिक सिँचाइ व्यवस्थाका लागि आवेदन दिएका किसानलाई उक्त ट्युबवेल र मोटर पम्पसेट खरिदमा नगर कार्यालयले ८५ प्रतिशत लगानी गरेको उनको भनाइ थियो ।
उक्त कार्यक्रमका लागि रू ४५ लाख ४८ हजार खर्च भएको कार्यालयका योजना अधिकृत राजेशकुमार शर्माले जानकारी दिए । उनका अनुसार यसबाट एक सय ५० बिघा क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।
यसअघि कार्यालयले फलपूmल रोपन, मखान बजार व्यवस्थापनमा सहयोगी सामग्री, दाइँ गर्ने यान्त्रिक उपकरणलगायत कृषि सामग्री उपलब्ध गराएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए । गहुँ र अन्य तरकारी बालीका उन्नत बीउ पनि किसानलाई उपलब्ध गराउँदै आइएको उनको भनाइ थियो ।
पालिकाले पाँच वर्षयता बर्सेनि मौसमअनुसार बाली लगाउन बीउ, जैविक मललगायत सामग्री दिँदै आएको किसान मेराज अन्सारीले बताए । यस्ता कार्यक्रममले किसानलाई राहत महसुस भएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण