सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै काम गर्छ : मिश्र

बिहीबार, २५ असोज २०८०, १६ : ३८
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर बमबहादुर मिश्रले राष्ट्र बैंकले निजी क्षेत्रलाई बाहिर राखेर काम नगर्ने बताएका छन् ।  

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रसँग राष्ट्र बैंकसँगै रहेको भन्दै निजी क्षेत्रलाई परेका हरेक समस्यामा राष्ट्र बैंक सहकार्य गर्न तयार रहेको बताए । उनले अर्थतन्त्रमा केही समस्या रहेको भन्दै सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताए । 

मिश्रले राष्ट्र बैंकले ब्याजदर घटोस् भनेर नै मौद्रिक नीतिमा बैंक दर घटाएको बताए । उनले राष्ट्र बैंकले केही क्षेत्रमा रिस्ट्रक्चरिङ गर्न दिएको भन्दै त्यसले केही अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा रहेको बताए । उनले केन्द्रीय बैंकले डिजिटाइजेसनमा काम गरिरहेको बताए । उनले मागमा आएको कमीले उद्योगहरुको उत्पादनमा गरिएको कटौती र सहजै आयात गरेर गर्ने व्यापारमा समेत कमी आएको कारणबाट अहिले बजारमा प्रशस्त तरलता हुँदा आर्थिक गतिविधि चलायमान हुन नसकेको बताए ।

मिश्रले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा भएको क्रस बोर्डर डिजिटल कारोबार सम्झौता एउटा माइलस्टोन भएको बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप