कोशीमा किचलो : कांग्रेसमा हंगामा, साँझ ५ बजेभित्र के होला ?
विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा शुक्रबार साँझ ५ बजेसम्म छ । यो बीचमा आज दिनभर सत्ताका लागि दुई पक्षले सबै शक्ति लगाएर ‘होमवर्क’ गर्नेछन् । सोही होमवर्कको नतिजाका आधारमा प्रदेशले नयाँ मुख्यमन्त्री पाउनेछ ।
यसअघि बिहीबार नै मुख्यमन्त्रीको लागि ४७ सांसदसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र काँग्रेसका सांसद केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् ।
गठबन्धन र पार्टीको निर्णयको विरोध गर्दै विद्रोह गरेका कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले दाबी पेस गरेपछि गठबन्धनको लागि नैतिक संकट उत्पन्न भएको छ । कार्कीको दाबी अस्वीकृत गराउने, उनको दाबी फिर्ता लिन लगाउने वा उनलाई समर्थन गरेका सांसदलाई कन्भिन्स गर्ने विकल्पमा कांग्रेसलगायत गठबन्धन दलहरू लागिरहेका छन् ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा आफ्नो पार्टीबाट समानुपातिक कोटाबाट सांसद बनेका र कार्कीको पक्षमा मतदान गरेका तीन सांसदहरू इन्दिरा थापा, लिलाकुमारी राई र सुनिता कुमारी गुरुङलाई टेलिफोन गरेर हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
यस्तै आजै कांग्रेसको कोशी प्रदेश कार्यसम्पादन समितिको बैठक बसेर कोइराला पक्षले चालेको कदमविरुद्धमा निर्णय गर्ने तयारी गरिएको छ । यस्तै काँग्रेसको केन्द्रीय पदाधिकारीको बैठकले पनि कोशी प्रदेशको समस्याबारे छलफल गर्ने तयारी गरेको बताइएको छ ।
यस्तै गठबन्धनले राप्रपासँग पनि आजै छलफल गर्दै छ । राप्रपाको पदाधिकारी बैठकले कोशी प्रदेशको विषयमा के गर्ने भन्नेबारे आजै निर्णय गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाको ठोस निर्णयपछि पनि कोशीको राजनीतिले थप नयाँ मोड लिन सक्ने बताइएको छ ।
काँग्रेसमा असन्तुष्टि
आफ्नै पार्टीको विधानको व्यवस्था विपरीत शेखर कोइराला समूहले गठबन्धनलाई समर्थन नगरेर एमालेको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेपछि सो समूहमा पनि असन्तुष्टि देखिएको छ । शेखर कोइरालाको निकट मानिएका कांग्रेस नेता गुरुराज घिमिरेले कोशी प्रदेशको अराजकता अस्वीकार्य रहेको बताएका छन् । ‘कोशी प्रदेशको अराजकता अस्वीकार्य छ । गैरदलीय चरित्र अमान्य छ । संविधानले प्रजातन्त्रको मर्मको उल्लंघन सोचेको पनि छैन । मेरो असहमति छ,’ घिमिरेले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन् ।
यस्तै काँग्रेस सांसद भीम पराजुलीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । पराजुलीले कोशी प्रदेशमा सत्ता प्राप्तीको गलत प्रयासले काँग्रेसको आदर्श सिद्धान्त, आस्था र विचारलाई मृत तुल्याएको जनाएका छन् ।
‘कोशी प्रदशेको सत्ता प्राप्तिको गलत प्रयासले काँग्रेसको आदर्श सिद्धान्त, आस्था र विचारलाई मृत तुल्याएको छ,’ पराजुलीले सामाजिक संजालमा लेखेका छन्, ‘यसले पार्टीको शिर निहुरेको छ । के हाम्रो उद्देश्य जसरी पनि सत्ता प्राप्ती गर्नु हो र ? बीपीले यसरी सोचेको भए त्याग तपस्या संघर्ष गरी जीवनभर जेल बस्नु पर्थ्यो र ? सधैँ प्रधानमन्त्री बन्ने अवसर आएको थिएन र ? यस्तो विकृत खेलले काँग्रेसलाई र देशलाई कहाँ पुर्याउँछ नेतृत्वले समयमै सोचोस् र यो गलत कार्य र सम्भावित दुर्घटनाबाट जोगाओस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनाइटेड सिमेन्ट्सद्वारा धुनिवेशीमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ स्थानीय लाभान्वित
-
कांग्रेस सचेतक राईको प्रश्न – 'श्री ८' बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन ?
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण