प्रभाव पार्न सक्ने खेलाडी- केन विलियम्सन (न्युजिल्यान्ड)
एजेन्सी । जरी विश्वकपमा न्युजिल्यान्डले नियमित कप्तान केन विलियम्सनकै अनुपस्थितिमा लगातार दुई खेल जितिसकेको छ । विश्वकपको साविक उपविजेता न्युजिल्यान्डले जारी विश्वकपमा आज बंगलादेशसँग आफ्नो तेस्रो खेल खेल्दैछ ।
बंगलादेशविरुद्धको खेलमा नियमित कप्तान केन विलियम्सन मैदानमा ओर्लने भएपछि न्युजिल्यान्ड थप उत्साही बनेको छ । विलियम्सन टोलीका कप्तानमात्र होइनन्, उनी टोलीका प्रभावशाली अलराउन्डर खेलाडी पनि हुन् । ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै विधामा उनको प्रदर्शन अब्बल रहँदै आएको छ । उनकै कप्तानीमा न्युजिल्यान्ड सन् २०१९ को विश्वकपमा फाइनलसम्म पुगेको थियो । त्यो विश्वकपमा विलियम्सन सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा चौथो स्थानमा थिए ।
सन् २०१९ को विश्वकपमा उनले प्रतियोगिता अवधिभरमा नौ खेल खेल्दै कुल पाँच सय ७८ रन बनाएका थिए । त्यो विश्वकपमा उनले दुई सतक र दुई अर्धसतक पनि प्रहार गरेका थिए । त्यसअघि आफ्नो राष्ट्रलाई सन् २०१५ को विश्वकपको फाइनलसम्म पुर्याउन पनि उनको योगदान महत्वपूणर् रहेको थियो । सन् २०१५ को विश्वकपमा उनी कप्तानको भूमिकामा भने थिएनन् । उनले न्युजिल्यान्डका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले तीनवटै ढाँचाको क्रिकेटलाई जोड्दा १७ हजारभन्दा बढी रन बनाइसकेका छन् ।
३३ वर्षीय दायाँहाते ब्याट्सम्यान विलियम्सनले देशका लागि एक सय ६१ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ४७.८३ को औसतले कुल ६ हजार पाँच सय ५४ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले १३ सतक र ४२ वटा अर्धसतक बनाएका छन् । उनले एकदिवसीय क्रिकेटमा बनाएको उच्च स्कोर एक सय ४८ रन हो । एकदिवसीय खेलमा उनले ६४ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले एकदिवसीय क्रिकेटमा ३७ वटा विकेट पनि लिएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन २२ रन दिएर चार विकेट लिएका छन् ।
यसैगरी उनले देशका लागि ९४ वटा टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ५४.८९ को औसतले कुल आठ हजार एक सय २४ रन बनाएका छन् । टेस्टमा उनले २८ सतक र ३३ वटा अर्धसतक प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा विलियम्सनको उत्कृष्ट प्रदर्शन दुई सय ५१ रन हो । उनले ८२ वटा क्याच पनि लिएका छन् । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा ३० वटा विकेट पनि लिएका छन् । टेस्ट क्रिकेटमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४४ रन दिएर चार विकेट हो ।
विलियम्सनले न्युजिल्यान्डका लागि ८७ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । टी—२० मा उनले ३३.२९ को औसतले कुल दुई हजार चार सय ६४ रन बनाएका छन् । उनले १७ वटा अर्धसतक पनि बनाएका छन् । टी—२० मा उनको उच्च स्कोर ९५ रन हो । यसका अतिरिक्त उनले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण