म्याक्सवेलले म्याचको दौरान धुम्रपान गरिरहेको भिडियो भाइरल
लखनउ । ५ पटकको विश्व च्याम्पियन अस्ट्रेलियाली क्रिकेट टोलीले विश्वकप २०२३ मा लगातार २ खेलमा लज्जास्पद हार बेहोरेको छ । आयोजक भारतले चेन्नईमा कंगारुहरूलाई पराजित गर्यो, जबकि दक्षिण अफ्रिकासँग लखनउमा सबैभन्दा ठुलो हार बेहोरेको थियो।
यति हुँदाहुँदै पनि उनीहरू लापरवाह देखिन्छन् । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलको म्याचको क्रममा एक भिडियो भाइरल भइरहेको छ जसमा उनले ई–सिगरेट (भेप पिउँदै) गर्दै गरेको देखिन्छ ।
Well Smoked Maxwell 🫡 #AUSvsSA #Cricket pic.twitter.com/dQFeCjrLfQ
— Ankur (@ankurumm) October 12, 2023
लखनउको एकना स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १३४ रनले पराजित गरेको थियो । यो खेलमा अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् । अस्ट्रेलियाका लागि मार्नस लाबुसचेनले सर्वाधिक रन बनाए । लाबुसचेन ४६ रन बनाएर आउट भए । ग्लेन म्याक्सवेलले १७ बलमा ३ रन मात्र बनाए । यद्यपि उनले बलिङमा २ विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण