मान्छे र युद्ध
तिम्रो दुस्साहस
यसरी निमेष भरमै ध्वस्त गर्नु थियो त
रगत, पसिना सिँचेर
समयको सर्बत पिउँदै किन गर्यौ
बिगार्नु पर्ने सृष्टि
मृत्युको खेलमा
बम, बारुदलाई
खेलाडी बनाएर उतार्यौं
सुन्दर धर्ती नामक् रंगशालामा
तिम्रो अहंकार र अभिमान
मर्ने र मार्ने मृत्युको खेल
गोला र बारुदले कोही चिनेनन्
रगतको प्यास मेटाउन
कलिलो केटाकेटीको जिन्दगी चुड्यौं
ए मान्छे,
छि..., कस्तो घिनलाग्दो तिम्रो हर्कत
तिम्रो आतंकले
फुलहरु टुहुरा भएका छन्
खुशीहरुको बलात्कार भएको छ
मानव सभ्यताको निधारमा
कलंकको ढ्याब्रे टीका परेको छ ।
तिमीले निम्त्याएको
युद्धको तुफानभित्र
मानवताको पर्खाल च्यात्तिएको छ,
आतंक, कोलाहल मच्चाउँदै
सहर, बस्ती, गाउँ छिरे ।
एक्लो भए बाँचेकाहरु
मन थाम्न नसकेर
मृत्यु र मुक्ति पुकार्न विवश छन्
ए पागल मान्छे हो
अब टाउकोको गिदी निकालेर
आरडिएक्स कोच
रक्तनलीको रगत झिकेर
विषाद तेजाब भर
शरीर भित्रको मुटु
अनि, कलेजो निकालेर
शक्तिशाली ग्रिनेट फिट गर ।
पाँचखाल, काभ्रे
हालः लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण