दसैँ नजिकिएसँगै हवाई यात्रुलाई टिकट पाउन समस्या
हुम्ला । वडादसैँ नजिकिदै गर्दा सिमकोटबाट नेपालगञ्ज तथा सुर्खेत जाने यात्रुलाई हवाई टिकट पाउन समस्या भएको छ । नियमित रुपमा उडान नहुनु, टिकट महङ्गो हुनुलगायत कारणले यात्रुलाई टिकट पाउन समस्या भएको हो ।
सिमकोट बजारमा सिलाइकटाइको काम गर्दै आउनुभएकी पवित्रा परियारले नेपालगञ्ज जाने टिकट नपाएर यही बस्नु परेको बताइन् । उनले ११ दिनदेखि नेपालगञ्ज जाने टिकट पाउन नसकेको गुनासो गरिन् । दैनिक टिकटका लागि निजी एयरलाइन्सको काउन्टरमा धाउने गरे पनि टिकट सकिएको जवाफमात्र पाउने गरेको उनको भनाइ थियो ।
यहाँबाट नेपालगञ्जका लागि समिट, सीता, तारा र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेकामा अहिले समिट एयरले दैनिक एक–दुई उडान भर्ने गरेकाले टिकटको समस्या भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले जनाएको छ । सीता, तारा र नेपाल एयरलाइन्सले हप्तामा एकदेखि चार उडान मात्र भर्ने गरेका छन् ।
राष्ट्रपति रनिङशिल्ड बालमन्दिर माविलाई
हुम्लाको सिमकोटमा भएको गाउँपालिकास्तरीय पाँचौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बालमन्दिर माविले स्वर्णपदकसहित विजेता भएको छ । बालमन्दिरले १३ स्वर्ण, आठ रजत र २३ कास्यपदक जित्दै कूल ९३ अङ्क प्राप्त गरी प्रथम भएको हो ।
मानसरोवर माविले १० स्वर्णसहित ९७ अङ्कका साथ द्वितीय भएको छ भने कैलाश माविले एक स्वर्णसहित प्रतियोगितामा तृतीय भएको छ ।
आयोजक कर्णाली माविका प्रधानाध्यापक रामराज शाहीले भलिबलमा छात्रातर्फ मानसरोवर मावि प्रथम भएको छ भने बालमन्दिर मावि द्वितीय र रामदेव मावि तृतीय भएको जानकारी दिए । उनका अनुसार भलिबलतर्फ छात्रको प्रतियोगितामा बालमन्दिर मावि पहिलो, कर्णाली मावि द्वितीया र मानसरोवर मावि तृतीय भएका छन् ।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल र उपाध्यक्ष सुशीला रोकाया भामले विजेता छात्रछात्रालाई पदक, प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए । पाँच दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा सिमकोटका सात माविको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण