सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने
काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।
यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने कम्पनीले जनाएको छ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरे ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण