बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने

सोमबार, २९ असोज २०८०, १६ : ३७
सोमबार, २९ असोज २०८०

काठमाडौँ । चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७ छिट्टै नेपाल भित्र्याउने भएको छ । चांगनका लागि नेपालको आधिकारिक वितरक एम.ए.डब्लू वृद्धीले सन् २०२४ को मार्चसम्ममा उक्त गाडी नेपाल भित्र्याइसक्ने जनाएको हो ।

चांगन अटोले आफ्नो उत्पादनहरुको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा ल्याउने भएको हो । ईभी डिपल एस७ एसयूभी अत्याधुनिक प्रविधिमार्फत बनेको प्रिमियम कार हो । जुन नेपाली भूगोल सुहाउँदो समेत रहेको कम्पनीको दाबी छ । 

डिपल एस७ एसयूभी ईभी महत्त्वपूर्ण गाडी भएको र यसले चांगन अटोलाई नेपाली बजारमा थप नयाँ आयाम प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप