मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रभु साहकी पत्नीको मेयर पद गयो

मङ्गलबार, ३० असोज २०८०, ११ : ३४
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो । 

 २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भए पनि उनले दल त्याग गरी अन्य दलको सदस्यता लिएका कारण प्रमुख पद गएको  निर्वाचन आयोगले जनाएको हो । अहिले उनी आम जनता पार्टीमा आबद्ध छिन् ।  उनी एमाले छाडेर आम जनता पार्टी गठन गरेका प्रभु साहकी पत्नी समेत हुन् ।

380382572_359421926512847_4609952336291217954_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप