विश्वकप छनोट फुटबल : मेसीको दुई गोलमा अर्जेन्टिनाको जित
काठमाडौँ । विश्वकप छनोट फुटबलको बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले पेरुमाथि २—० गोलको सजिलो जित हासिल गरेको छ । लगातार चौथो जितसँगै अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रको छनोट तालिकाको पहिलो स्थानमा आसीन छ ।
विश्वकप विजेतासमेत रहेको अर्जेन्टिनाका लागि दुवै गोल लियोनल मेसीले गरेका हुन् । सात पटकका बेलोन डी’ओर विजेता मेसीले दुवै गोल पहिलो हाफमै गरेका थिए । पेरुको घरेलु मैदानमा खेल सुरु भएको ३२औँ मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरेका थिए ।
पहिलो हाफको खेल सकिनुभन्दा तीन मिनेटअघि उनले टोलीको अग्रता दोब्बर बनाएका थिए । खेलको दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि अर्जेन्टिनाले महत्त्वपूर्ण तीन अङ्क हात पार्यो । ३६ वर्षीय मेसी पछिल्लो केही समययता घाइते रहँदै आएका थिए ।
त्यसैले उनले राष्ट्रिय टोली र इन्टर मियामीबाट केही खेल गुमाएका थिए । उनले सप्टेम्बर ७ तारिखपछि पहिलो पटक राष्ट्रिय टोलीका लागि गोल गरेका हुन् । यसअघि अर्जेन्टिनाले इक्वाडरलाई १—० ले हराउँदा मेसीले फ्रिकिकमार्फत गोल गरेका थिए ।
दक्षिण अमेरिकी क्षेत्रको छनोटमा हालसम्म चार खेल खेलेको अर्जेन्टिना १२ अङ्कसहित पहिलो स्थानमा आसीन छ । समान खेलबाट सात—सात अङ्क जोडेका उरुग्वे दोस्रो, ब्राजिल तेस्रो र भेनेजुएला चौथो स्थानमा रहेका छन् ।
यसैगरी ६ अङ्कसहित कोलम्बिया पाँचौँ, चार अङ्कसहित इक्वाडर छैठौँ, समान अङ्कसहित पराग्वे सातौँ, समान अङ्कसहित चिली आठौँ र एक अङ्कसहित पेरु नवौँ स्थानमा रहेका छन् । दशौँ स्थानमा आसीन बोलिभियाले भने हालसम्म खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण