बाइडेनले भने– हामी इजरायलसँग कदममा कदम मिलाएर हिँड्छौँ
बुधबार, ०१ कात्तिक २०८०, २२ : २५

तेल अभिभ । इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘यस कठिन दिनमा इजरायलसँग कदममा कदम मिलाएर हिँड्ने’ बताएका छन् । उनले भने, “इजरायल, तिमी एक्लै छैनौँ। इजरायल एक सुरक्षित यहूदी प्रजातन्त्र रहनेछौ। आज भोलि र सधैंभरि। शान्तिको लागि काम गर्नेहरूलाई भगवानले सधैं रक्षा गरून् र खतरामा परेकाहरूलाई रक्षा गरून्।’
बाइडेनले प्यालेस्टिनी जनताका लागि पनि आफू दुःखी भएको बताएका छन् । गाजाबारे बोल्दै बिडेनले त्यहाँका मानिसहरूलाई खाना, औषधि र टाउको छोप्ने ठाउँ चाहिएको बताए।
इजरायली मन्त्रिपरिषद्ले इजिप्टबाट गाजामा सहायता आउन अनुमति दिन सहमत भएको उनले जानकारी दिए । उनले भने, ‘यदि हमासले आउँदै गरेको मानवीय सहायता लुट्छ भने यसले फेरि एक पटक प्रमाणित गर्नेछ कि उनीहरूलाई सामान्य प्यालेस्टिनीहरूको हितको चिन्ता छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै