अनुगमनमा आक्रामक बन्दै विभाग, एकैदिन ४ लाख ८७ हजार जरिवाना
काठमाडौँ । दसैँ नजिकिएसँगै बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग आक्रामक देखिएको छ । विभागले हिजो बुधवारको बजार अनुगमनका क्रममा एकै दिन ४ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको कारबाही गरेको हो ।
विभागले हिजोको बजार अनुगमनका क्रममा उपत्यका र आसपासका जिल्लाका व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागका प्रवक्ता आनन्द पोखरेलका अनुसार ५ कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, एक कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
विभागले रामनगरको होटेललाई १० हजार जरिवाना गराएको छ । होटेलले रिलेवलिङ गरिएको गुणस्तरहीन वस्तुको बिक्री गरेको पाइएको थियो । यस्तै, चितवनको होटेललाई २५ सय रुपैयाँ, सलाङघाटको होटेललाई १० हजार जरिवाना गरेको छ ।
रामनगरकै किराना पसललाई १० हजार, चितवनको किराना पसललाई १० हजार, मुग्लिङको होटेललाई २४ हजार ५००, खिचापोखरीको रेडिमेड तथा थान कपडालाई १५ हजार, धार्केको खाद्य वस्तु पसललाई २० हजार, धादिङको होटेललाई २० हजार जरिवाना गराएको छ ।
यस्तै, नवलपरासीको होटेललाई ५० हजार, मुग्लिङको पसललाई १ लाख जरिवाना गरिएको छ । बाजोखेत काभ्रेको होटेललाई ५० हजार, ताम्राकार कम्प्लेक्सको इलेकट्रोनिक्सलाई ५० हजार, गल्छीको दुई किराना पसललाई समान ५०/५० हजार र धुलिखेलको होटेललाई २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण