बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

अन्जु पन्तलाई चेतनको च्यालेन्जः निर्देशनसँगै आफैले गरे अभिनय (भिडियो)

आइतबार, १८ चैत २०७४, ०९ : १५
आइतबार, १८ चैत २०७४

केही समय पहिला अन्जु पन्तको आवाजमा रहेको मैले हार्दा तीमी नै जित्छौ भने बोलको गीत सार्वजनिक भयो । यस गीतलाई धेरैले रुचाए पनि ।

यही गीतमा चेतन सापकोटाले पनि अवाज भरेका छन् । चेतनले गएको यस गीत हालै सार्वजनिक भएको छ ।

चेतनले गीतको भिडियोसमेत आफैले निर्देशन गरेका छन् । भिडियोमा उनी आफैले अभिनय पनि गरेका छन् ।

उनको साथमा योगीता थापा र अर्जुनरत्न भीकारीको समेत अभिनय देख्न सकिन्छ ।

पोखरामा विभिन्न स्थानमा सुटिङ गरिएको भिडियो राजु केसीले खिचेका हुन् ।

गीतमा लय संग्रौलाको शब्द, चेतन सापकोटाकै संगीत रहेको छ ।

गीत हेर्नुहोस्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप