सिंघम अगेनमा टाइगर श्राफको इन्ट्री

मुम्बई । अजय देवगण, रणवीर सिंह र अक्षय कुमारपछि रोहित शेट्टीको आगामी फिल्म सिंघम अगेनमा धमाधम अरु स्टार जोडिइरहेका छन् । दीपिका पादुकोणपछि यो फिल्ममा टाइगर श्राफ पनि जोडिएका छन् । उनी यो फिल्ममा प्रहरीको दमदार भूमिकामा देखिँदैछन् । टाइगर फिल्ममा आबद्ध भएको घोषणासँगै रोहित शेट्टीले उनको पहिलो लुक सार्वजनिक गरेका छन् ।
शेट्टीले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा टाइगरका तीन तस्वीर शेयर गरेका छन् । पोष्टमा उनले ‘भेटौं स्पेशल टास्क फोर्स अफिसर एसीपी सत्यासँग’ भन्दै टाइगरले निर्वाह गरेको पात्रबारे लेखेका छन् । यस अघि शेट्टीले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा दिपिका पादुकोणको फष्र्ट लुक रिभिल गरेका थिए । फष्र्ट लुकमा दिपिका प्रहरी पोशाकमा निकै खतरनाक देखिएकी थिइन् ।
फिल्ममा अजय देवगण र करिना कपुर लिड रोलमा छन् । यो फिल्मको शुटिङ पनि हैदरावादमा शुरु भइसकेको छ । फिल्मको क्लाइमेक्स सिनको लागि मात्रै २५ करोड रुपया खर्च गर्न लागिएको छ । यस अघि शेट्टीले सिंघ, र सिंघम रिटर्न बनाएका थिए । यस फिल्ममा अजय देवगण बाजीराव सिंघमको रोल प्ले गरेका छन् । यो फिल्म आगामी वर्ष स्वतन्त्रता दिवसको बेलामा रिलिज हुने सक्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री नेपालको दाहसंस्कार गरिँदै, शव पशुपति लगियो (तस्बिरहरू)
-
चीनको एउटा कारखानामा रोबोटले मान्छेलाई थप्पडै थप्पड हानेपछि...
-
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
-
शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
-
पूर्वमन्त्री नेपालको निधनप्रति सभामुख घिमिरेद्धारा दु:ख व्यक्त
-
१ करोड ५० लाख जरिवाना मुद्दाका फरार व्यक्ति पक्राउ