भिटामिन डीको कमीले बढाउँछ एंन्जाइटी ?
काठमाडौँ । मानव शरीरले आफैँ बनाउन नसक्ने एक मात्र भिटामिन हो भिटामिन डी । यसको लागि घाम चाहिन्छ । छालामा सूर्यको किरण परेपछि मात्रै भिटामिन डी बन्छ । भिटामिन डीले हड्डीमा क्याल्शियम र फोस्फोरसलाई सन्तुलित राख्छ । हाड अनि मांशपेशीलाई बलियो बनाउन मद्दत गर्छ अनि इम्युनिटी पनि बढाउँछ ।
शरीरमा क्याल्शियमको कमी छ भने भिटामिन डी चाहिन्छ । हड्डी र मांशपेशी कमजोर भइरहेका छन् भने पनि यही भिटामिन चाहियो । डिप्रेशन, एंन्जाइटी बढिरहेको छ भने एक पटक जचाउनुस् त शरीरमा भिटामिन डीको स्तर निकै कम भएको हुन सक्छ । अर्थात् यो सामान्य भीटामीनले शरीरको हर जरुरी र आधारभूत फंशन डिसाइड गरिरहेको हुन्छ । भिटामिन डीको अभाव हुनुको सबैभन्दा ठूलो लक्षण डिप्रेशन र एंन्जाइटी पनि हो ।
अमेरिकन नेशनल हेल्थ एन्ड न्यूट्रीशन पत्रिकामा प्रकाशित एउटा अध्ययनका अनुसार भिटामिन डीको कमी एंन्जाइटी र मूडसँग सिधा सम्बन्धित छ । ‘काम यो माइन्ड विथ फूड’की लेखिका न्यूट्रिशनिष्ट एवम् साइकियाष्ट्रिष्ट डा. उमा नायडुका अनुसार भिटामिड डी डिप्रेशन र एंन्जाइटीमा निकै असरदार रहेको अनेकौं अध्ययनले देखाएको छ । भिटामिन डीले मस्तिष्कमा न्यूरो–स्टेराइड नामक केमिकल जस्तै काम गर्छ । यसले एंन्जाइटीविरुद्ध लड्न मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण