किसानलाई अनुदानमा पावरटिलर र मिनीटिलर वितरण
कञ्चनपुर । कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण गरेको छ । किसानलाई ६९ पावरटिलर र ४६ मिनी पावरटिलर वितरण गरेको हो ।
नगरपालिकाले कृषि सहकारी, कृषक समूह र कृषि फार्ममा आबद्ध किसानलाई पावरटिलर र मिनीटिलर वितरण गरेको छ । “सहकारी, समूह र फार्ममा आबद्ध दलित, जनजाति, महिलालाई पहिलो प्राथमिकतमा राखेर खेत जोत्न प्रयोग हुने उपकरण वितरण गरेका छौँ”, नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले भने, “दुई वर्षसम्म कृषिमा अनुदान नपाएका किसानलाई प्राथमिकतामा राखिएको छ ।”
उनका अनुसार नगरपालिकाले ५० प्रतिशत अनुदानमा ५१ पावरटिलर र २३ मिनीटिलर वितरण गरेको छ । सामुदायिक वनको २५ प्रतिशत, नगरपालिकाको २५ प्रतिशत र किसानको ५० प्रतिशत लागत साझेदारीमा १८ वटा पावरटिलर र २३ मिनीटिलर वितरण गरिएको छ । “एक पावरटिलरको मूल्य रु एक लाख ७४ हजार पाँच सय र मिनीटिलरको मूल्य रु ५२ हजार पाँच सय रहेको छ”, शाखा प्रमुख धामीले भने, “कुल मूल्यमा किसानले आधा रकम व्यहोरेका छन् ।”
कृषिमा आधुनिकीकरण गर्न, विदेशिने युवालाई कृषि पेसामा संलग्न गराउन र कृषिको लागत खर्च घटाउने उद्देश्यका लागि पावरटिलर र मिनीटिलर वितरण गरिएको उहाँको भनाइ छ । कृषिलाई आधुनिकीकरण गरी उत्पादन बढाउनका लागि कृषि उपकरण वितरणमा जोड दिइएको नगरप्रमुख हेमराज ओझाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण