नागा बाबाको शरीरमाथि उमारियो जमरा
रौतहट । रौतहटको कटहरिया बजारस्थित बौधिमाताको मन्दिर छेउमा घटस्थापनाको अवसर पारेर निराहार ब्रत बसेका नागा बाबाको शरीरमाथि जमरा उमारिएको छ। विधिवत् रूपमा ब्राहमणद्वारा पूजा गरेर गत असोज २८ गते दिउँसो नागाबाबा कटहरिया स्थित मन्दिर छेउमा खनिएको खाडलमा ब्रत बसेका हुन्।
बाबा सोही दिनदेखि पानीसमेत नखाएर त्यही खाडलमा निराहार बसेका छन्। उनको जिउमाथि माटो हालेर त्यसमाथि राखिएको जौ अहिले जमराको रूपमा उम्रिसकेको छ। एकसाता अघि बाबा सुतेको खाडल माथि काठको फ्लैकहरु राखेर त्यसमाथि माटो हालेर राखिएको जौ अहिले जमराको रूप लिएको हो। लगातार १० दिनसम्म निराहार एक ठाउँमा सुनिरहनु निकै कठिन तपस्या भएको स्थानीयहरुले बताएका छन्। जमरा उमार्दै दशमीको दिन प्रसादको रूपमा बितरण गरेपछि मात्र बाबा खाडल बाहिर निस्कने उनको रेखदेखमा रहेका प्रेमलाल ठाकुरले बताए । नागाबाबा समाधि बसेर जिउमाथि जमरा उमारेको यो २५ औं पटक भएको पनि उनले बताए ।
यसैबीच बाबाको अवस्थाबारे ईलाका प्रहरी कार्यालय कटहरियाले निगरानी गरिरहेको दुर्गा पूजा समिति कटहरियाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण