जब पाकिस्तानलाई हराएपछि राशिद खान र इरफान पठान मैदानमा नाचे
चेन्नई । सोमबार भएको विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले पराजित गर्यो । अफगानिस्तानले दुई विकेट गुमाएर पाकिस्तानले राखेको २८३ रनको लक्ष्य पुरा गरेको थियो ।
अफगानिस्तानका स्टार बलर राशिद खानले यो जितमा खुसी व्यक्त गर्दै यो जितले विश्वकप नै जितेको जस्तै खुशी भएको बताएका छन् । उनले भने, ‘विश्वकप जितेको जस्तो महसुस भयो। हामीले यसअघि पाकिस्तानसँग सात खेल खेलेका थियौं र कहिल्यै जितेका थिएनौं। तर हामीमा आत्मविश्वास थियो।’ अफगानिस्तान टोलीले जितपछि मनाएको खुसीयालीको भिडियो सार्वजनिक भएको छ ।
यस्तै एउटा भिडियो भाइरल भएको छ जसमा राशिद खान जितपछि मैदानमा नाचिरहेका देखिन्छन् र उनीसँगै स्टार स्पोर्ट्स टोलीसँग मैदानमा उपस्थित भारतीय पूर्व फास्ट बलर इरफान पठान पनि नाच्न थालेका छन् ।
यी दुईले सेलिब्रेशनमा डान्स गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
This is so heartwarming to see. ❤️ #PAKvsAFG #irfanpathan #RashidKhan #WorldCup2023 pic.twitter.com/mRKVWoLe3Q
— Ravi Mathur (@ravimathur15) October 23, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण